केहि दिन अगि साथि अनुराग खड्काजीले फेसबुकमा लेख्नु भयो हाम्रो चलनचल्तिको बारेमा। घत लागेको थियो। अनुराग जि लेख्नु हुन्छ, हाम्रो समाजमा बालबालिक हुर्किन नपाउँदै उनिहरुको दिमागमा एउटा छेस्को घोचिन्छ, छेस्कोले सिकाउँछ कि, म पछि गएर डाक्टर बन्छु, अथवा पछि गएर इन्जिनियर बन्छु, अथवा अन्य केहि यस्तो बन्छु जसले मज्जाले दाम कमाउँछ, मज्जाले पैसो खेलाउँछ" । हाम्रा बा आमाले त्यहि सिकाए, सोझा हामी पनि त्यहि सिक्यौ, डाक्टर, इन्जिनियर जस्तो राम्रो केहि होइन, उनिहरुलाई शिक्षा दिने शिक्षक पनि निच नै हुन् रे, शिक्षक बन्नु हुन्न रे।अपबाद छाडेर कहिल्यै सायदै कुनै बा-आमाले सिकायो होला कि, बाबु तँ पछि गएर समाजको लागि केहि गर्, हामी त नालायक हौ बाबु, समाजमा केहि परिवर्तन गर्न सकिएन तँ गरेर देखा, सायदै कुनै त्यस्ता बाबु आमा होलान् । हामी यति मज्जाले प्रशिक्षित छौ कि हामी जन्मिदै एउटा बाटो बनिसकेको हुन्छ ।
बाटोः जन्म, स्कुल, राम्रो कलेज, पढेलेखेको बिज्ञ, लोकसेवा आयोग, बिहे, बच्चा, दाह सस्काँर, बुढ्यौली, आफ्नो सन्तानको बिहे, सन्तान द्वारा आफ्नो दाह सस्कार ।
त्यहि बाटो मा जीवन चल्छ सकिन्छ, अनि त्यहि मुख नेपाललाई गालि माथि गालि गालि माथि गालि गर्न बाध्य हुन्छ। हो पैसा त सबैले कमाउनु पर्छ तर एउटा निश्चित बाटो तोकिदिएर त कहाँ हुन्छ र यार? कतिले त आफ्नो बाटो पहिचान गर्न सक्दैनन् अल्झिन्छ, बाटो नदेखेकालाई पो त देखाउनु पर्छ, बाटो आफै बनाउनेलाई त बनाउन दिनु पो पर्छ नि। बाटो बनाउन नदिने अनि त्यहि बाटो मा हिड भनेर हुन्छ??? कस्तो अचम्मको चलन रैछ बाइ हाम्रो समाजमा त!!!!
समाजले खुब ठुला ठुला कुरा गर्ने गरेकोले म पनि लह लहैमा लागेर इन्जिनियर पढे, धौ धौ पास गरे । लभ पर्यो, बिहे हुने भयो, लु खत्तम, लोकसेवा त दिनै बिर्सेछ । अब त्यहि घुस्याहा दलालहरु सगै म जागिर खान जानु??? देश लुट्ने ती ब्युरोक्र्याट सगै म मित लगाउन जानु, मित नलगाए त उछिट्याइदिन्छन त फेरि । तर मेरो सामर्थ्य पनि छैन लोक सेवा मा नाम निकाल्ने, प्रयत्न नि गर्न चाहन्न, एक जुनिमा पाको जिन्दगिलाई नचाहि नचाहि रु ५० कै भए नि भ्रष्टचार गर्ने समुहमा घुलमिल हुन चाहदिन । एक जुनिको जिन्दगि त उल्लास पुर्ण बिताउनु पर्छ, नयाँ बाटो पो खन्नु पर्छ, त्यहि बाटो त्यहि पुरानो बाटो अरुको पाइला नै किन हिड्ने???
तर जति भन्न सजिलो छ गाह्रो छ, चित्त बुझाइदिन गाह्रो छ, पैसा कमाउनै पर्छ रे, जसरी भए नि धनि हुनै पर्छ रे, देश धनि होस् नहोस् बाल छैन तर आफू धनि हुनै पर्छ रे । पैसा चाहिन्छ रे । अनि नैराश्यता नै उत्पादन गर्ने गरि कचकच कचकच गरेपछि केहि न केहि त सोच्दो हो म जस्तो युवा जमातले । केहि गर्न चाहनेहरुलाई यि सामाजिक र राजनितिक शक्तिले रोक्दो हो । बिचरो म जस्तो युवालाई सधै घोचपेच मात्र भएपछि कसलाई बस्न मन लाग्दो हो र यो समाजमा मिलेर??? न घर परिवारले उत्साह थप्छ न त समाजले नै उत्साह थप्छ अनि यस्ता मुला देश शेस भनेर बाटो तताउँछ नि क्यानडा तिर, अस्ट्रेलिया तिर । कहिलेकाहि लाग्छ कर्मचारि परिवार मा जन्मिनु नि म जस्तो सोच भएको मान्छेलाई अभिशाप नै हो ।
अनि यस्तै यस्तै कुरा हरु समेटिन्छन् , आँटहरुलाई तुयाँलोले छेके झै छेकिदिन्छन्, उत्साहहरु को हत्या गरिदिन्छन् । अनि जागिर, स्थायि जागिर जस्ता शब्दहरुको पिडा खेप्न नसकेर नै त मध्यम बर्गिय परिवारका युवाहरु पलायन हुन्छन् कति त आफ्नो खुसिले जान्छन् तर कति साच्चै पलायन नै हुन्छन्। तल्लो बर्गको बर्ग हरु खाडिमा रगत चुहाउँछन्। अनि यसरी नै नेपाल चलिरहन्छ, समाज चलिरहन्छ। अनि यसरी नै उत्साह उमङ्गहरुलाई कहिले निर्घात कुटपिट गरिन्छ, कहिले समाजले नै लाचार तुल्याइिन्छ, अनि यसरी नै नेपाल सधै चलिरहन्छ ।
x-)
ReplyDelete