यो समाज, म एक सामाजिक प्राणी । हुन त हामी सबैलाई कक्षा एक देखि नै "सामाजिक शिक्षा" भन्ने बिषयको रटान लगाइन्छ तर निकै कम मात्र सच्चा सामाजिक प्राणीको रुपमा रुपमा रुपान्त्रण भए । "I am a social Drinker" को फेटा बाँधेर आफूलाई सामाजिक जड्याहाको रुपमा बिकसित गर्ने र शिर उँचो बनाउने धेरै नै छन् तर साच्चै समाजको लागि केहि गरौ भन्ने निक्कै नै कम छन् । सात सय श्लोकको चन्डि पाठ गर्ने तर भित्र गुदि खोक्रो राख्न रुचाउने हामी नेपालीलाई दशौं बर्ष "सामाजिक शिक्षा" नामक भ्रामक बिषय पढाउनु कुरो उस्तै हो । इच्छा हुँदा हुँदै पनि निकै ढिलो सुरु भयो मेरो सामाजिक यात्रा । झललल घाम लागे पनि कालकोठरी झै लाग्ने यो समाज ढिलै भए पनि मेरा लागि केहि उत्साह थपेर आयो । भित्र अन्तरमनमा कता लुकेको त्यो सच्चा सामाजिक प्राणी बन्ने चाहना खोइ कताबाट मौलाएर आयो । २३ बसन्त पार गरेपछि मात्र अनुभुति भयो केहि त गर्नै पर्छ । म जस्ता केहि युवा हरु यहि फेसबुके दुँनियामा भेटिए, सबै केहि गर्ने सोचमा रहेछन्, समाजमा केहि त गर्नै पर्छ, सानै काम गरेर मात्र नि ठुलो परिवर्तन आउन सक्छ भन्ने सबैको मनस्थिति थियो । र हामी जुट्यौ र यसरी प्रारम्भ भयो "गोठालो नेपाल" ।
बैसाख २०७० मा गठन भएको "गोठालो नेपाल"ले बिभिन्न सामाजिक काम गर्दै अगाडि बढ्यो । जो कसैले पनि सकरात्मक काम गरेको देख्ने बितिकै साथ दिन हात अगाडि बढायो । यसैबिच मङ्गसिर महिना सम्म आइपुग्दा धेरै काम भए, कुनै काम परिवर्तनको सारथि बन्न सक्यो त कुनै अन्योलग्रस्त नै मात्र भयो । सन्छेपमा भन्दा "गोठालो नेपाल"को सामाजिक यात्रा सकरातमक रुपले अगाडि बढ्यो । यसैबिच गोठालो नेपालका एक तेजिला भाइले कुरा निकाले, "केहि काम गरौ र लामो समयसम्म निरन्तरता दिउँ, जस्तै इट्टा भट्टाका बालमजदुरलाई शिक्षा" । यसरी कुरै कुरामा हामीले निर्णय गर्यौ, अबको केहि महिना हामी "गोठालो नेपाल"का गोठालाहरु मिलेर इट्टा भट्टामा कम्तिमा हप्ताको एकदिन साधारण शिक्षा दिउँ । सबैको सहमतिमा सुरु भयो इट्टा भट्टामा शिक्षा र कामको नामाकरण पनि भयो "प्रोजेक्ट कपुरी क" ।
दैनिक रु १ सङ्कलन गर्ने हाम्रो समुहको नियम थियो, त्यसरी नै सङ्कलित पैसाबाट सानै भए पनि कोष निर्माण भएको थियो । त्यहि कोषमा भएको पैसाले कापी कलम र साधारण शैक्षिक सामाग्रि किनेर पढाउन थालनि गरियो । बालमजदुरलाई पढाउने कुरा सानो थिएन, सुन्दा सरल लागे पनि निकै कठिनाइका साथ काम अगाडि बढ्यो । दैनिक हजारवटा भन्दा धेरै इट्टा बनाउने बालमजदुरहरुले इट्टा बनाएर मात्रै पनि मनग्य आम्दानि गर्ने गर्थे तर पढ्नु पर्छ भन्ने सद्बुद्धी भने पलाएको थिएन । बालमजदुरका बा-आमाहरु पनि पढाउने कुरा मा त्यत्ति खुसि थिएनन्, उनिहरु र हाम्रो समजदारी मा हप्ताको केवल एकदिन, शनिबार पढाउने निर्णय भयो । साधारण शिक्षा मात्र होइन, नैतिक शिक्षाको पनि कमि भएका बालमजदुरहरुलाई एकठ्ठा गराएर शिक्षा दिनु हाम्रो लागि एउटा परिक्षा नै थियो । एउटा तालिका बन्यो, शनिबार दिउसो १ बजे कलङ्कीको पि पी बुक्स स्टोरमा भेट । सुरु देखि अन्त्य सम्म यहि तालिकाको अनुशरण भयो ।
"प्रोजेक्ट कपुरी क" को केहि हप्तामै एउटा बिदेशी समाचार एजेन्सि "REUTERS" ले हाम्रो कामको बारेमा पत्तो पाएर समाचार नै बनायो । त्यसपछि सुरु भयो सहयोगको श्रृङ्खला, दुबइस्थित साथि अनुरागजीले शैक्षिक सामाग्रि किन्न भनेर आर्थिक सहयोग गरेर हौसला दिनु भयो, उहाँको सहयोगले हामीले बालबच्चालाई पढाउन एउटा "White Board" किन्न सक्यौ । लगत्तै UKमा रहनु भएको साथि विण्णु पोखरेल र उहाँका साथिहरु मिलेर हामीलाई अझै आर्थिकरुपले सबल बनाइदिनु भयो । यसैबिच हामीले सरस्वति पुजाको दिन इट्टा भट्टामा शिक्षाको निमित्त शैक्षिक सामाग्रि सङ्कलन को कार्यक्रम आयोजना गर्यौ, धेरै साथिहरुले हामीलाई अपेक्षा गरे भन्दा बढि सहयोग गर्नु भयो । समुह भित्रबाट नै धेरै साथिहरुले शैक्षिक सामाग्रिहरु दिएर हाम्रो कामलाई निरन्तररुपमा हौसला थपिरहनु भयो ।
.jpg)

भनिन्छ काम गरे पछि फलको आशा नगर्नु, तर यो कुरा केवल एउटा वाक्यांश मात्र हो जस्तो लाग्छ, हामीले बालमजदुरहरुलाई शिक्षा दिइसकेपछि पक्कै पनि उनिहरुमा केहि परिवर्तनको आशा हामीले गरेका थियौं । नभन्दै केहि बिधार्थी धेरै नै तेजिला भएर प्रकट भए। बाल बालिकामा मात्र नभएर उनिहरुका आमा-बालाई पनि शिक्षाको महत्व महसुस भएछ, अब उनिहरु आफ्ना बालबालिकालाई बिधालय पठाउँछौ भन्दै बाचा गर्दै छन्, बिधार्थिहरुमा पनि जोश र जाँगर जागेको छ, पढ्नु पर्छ भन्ने भावन जागृत भएको छ र उनिहरुको जीवनमा नयाँ उत्साह थपिएको छ । बालमजदुरहरुको पढाइमा त सकरात्मक परिवर्तन आयो र सगंसगैँ उनिहरुको पढाइप्रतिको रुचि नै हाम्रो सफलता भयो , र यो पाँच महिने कार्यक्रम परिवर्तको पालुवा बनेर निस्कियो ।

great job :)
ReplyDeletemơ thấy người khác mang bầu
ReplyDeletenằm mơ thấy máu là điềm gì
nằm mơ thấy nước là điềm gì
nằm mơ thấy cá là điềm gì
nằm mơ thấy phân
nằm mơ thấy tiền là điềm gì
nằm mơ thấy mình khóc
máy quét mã vạch
may in ma vach
nằm mơ thấy rắn
đặc sản tây ninh
wow great work ni... education is the light, not only light but also eyes in life...(o)
ReplyDelete