Searching...
Sunday, 16 March 2014

RIP ENGLISH

भाषा, माध्यम हो, केवल एउटा माध्यम । बहिराहरुले केवल हातको चालले एक अर्का सगँ आफ्नो अनुभव साट्दै कुराकानी गर्ने गर्छन् ।  अङ्ग्रेजी पनि अङ्ग्रेजहरुको भाषा हो, सन्सारकै सबैले यहि बोलुन भनेर अङ्ग्रेज देवता जिससले तोकेको बाइबली भाषा होइन, यदि हाम्रो देश साच्चिकै स्वाधिन हुदोँ हो त, हामीलाई अङ्ग्रेजीमा कुनै दखल हासिल गर्नु पर्ने हुदैन थियो, हामीलाई त बिदेश जानु छ, उनिहरुको मा गएर पढ्नु छ, काम गर्नु छ, पसिना बगाउनु छ, त्यसैले त हामीलाई बिदेशी भाषा चाहिएको छ । हाम्रो देश पनि चीन सरह स्वाधिन हुँदो हो त, बाराक ओबामा हाम्रो देश आउँदा एउटा अनुबादक बोकेर आउँथ्यो । सक्थ्यो भने नेपाली सिकेर आउथ्यो । हामीले अथवा भन्दा मैले अङ्ग्रेजी बोल्नु पर्ने र अङ्ग्रेजी लेख्नु पर्ने मेरो चाहन होइन, मेरो बाध्यता हो ।


काग दादा भन्छन्, कागको पनि आफ्नै भाषा हुन्छ रे, काँ काँ गरि  अर्को कागलाई बोलाउँछ रे, सायद अमेरिकन कागले पनि त्यसै गरि कराउँछ होला, पक्कै पनि अङ्ग्रेजीमा काँ काँ गर्दैन होला । हामी नेपाली हौं, हामी गरिब छौ, र यदि सोचको मुल्याङ्कन गर्ने हो भने हामी हामी त झनै दयनिय अबस्थामा छौ । कसैले अङ्ग्रेजी बोल्न कोशिस गर्दा केहि गल्ति गरिहाल्यो भने चोरलाई चोर औंला ठड्याएझै ठुलै अपराध गरेर औलां तेर्स्याउने हामी हौ । गाईलाई फालेको काउलीको पात टिपेर र त्यसैले छाक कटाएर छोरोले बोर्डिङ्ग पढोस र अङ्ग्रेजी सिकोस भन्ने सोच मेरा बा-आमालाई आउनु मा उनिहरुको दोष होइन, अङ्ग्रेजीले के-के न गर्छ झै भनेर अङ्ग्रेजी अङ्ग्रेजीको रटान लगाउने समाजको दोष हो । बा-आमाको मिठो लाउने र राम्रो लाउने चाहना थियो होला तर मलाई बोर्डिङ पढाउने चाहनेले त्यो चाहनालाई दबायो । म पढे अङ्ग्रेजी, सानै देखि अङ्ग्रेजी सिक्न थाले, तर म केवल एउटा कक्षा पढ्थे अङ्ग्रेजीको। जेनतेन स्नातक पास गरुन्जेल सम्म पनि अङ्ग्रेजीमा फेल नभइ पास गरे । तर मलाई अङ्ग्रेजी सिक्नु नै थिएन, सिक्नलाई त इच्छा शक्ति चाहिन्छ, म मा अङ्ग्रेजी सिक्ने इच्छा शक्ति नै थिएन । साधारण वाक्य बनाउन जान्दथे, बुझेको केहि नेपाली कुरालाई टुटफुट युक्त अङ्ग्रेजीकरण गर्न जान्दथे । धन्न त्यति जानेछु ।

एउटा नेपाली तब एउटा असली नेपाली हुन्छ जब उसले मैथिलि, भोजपुरी, अबध, थारु, नेवारी, गुरुङ भाषा जस्ता नेपालमा प्रचलित भाषा जान्दछ, नजाने पनि बुझ्दछ । यहाँ त मैथिलि भाषा बोल्नेलाई धोति भनिन्छ, भोजपुरि, लगायत थारु भाषा बोल्नेलाई पनि धोति नै भनिन्छ, धोति भाषा भनिन्छ । 

यहि प्रसङ्गमा कुरा उठ्छ सुदर्शन सुबेदीजि को, राष्ट्रसघंको कार्यक्रममा जाँदा एउटा हुइँया पत्रकारले के जाती हो सोध्दा उनि अलमल्ल पर्छन्, कति बुद्धिजिबी भएको ढोङ रच्नेहरुले पनि बिचरा सुबेदीको बिल्ला हान्न पछि परेनन्, म त त्यस्ता बुद्धिजिबीहरुलाई  बुद्धिजिबी होइन गुहुजिबी भन्छु । अझै कति छन् जसले ब्याकरण हेरि हेरि गल्ति औलाई बस्छन्, ब्याकरण भन्दा कुरा को भाव बुझ्नु जरुरी हुन्छ । भाव बिर्सेर ब्याकरणको पछी कुद्नेहरु धेरै छन् ।

गुहे कुरा राम्रो ब्याकरणमा लेख्नु र राम्रो कुरा गुहे ब्याकरणमा लेख्नुलाई तपाई कुन कुरालाई बढि प्राथमिकता दिनु हुन्छ? कसैले कोशिस गरेर अङ्ग्रेजीमा लेख्छ र केहि बुझाउन खोज्दछ तर बिचरोले लेख्न जानेन, अङ्ग्रेजीको "ग्रामर" भनिने ब्याकरण बिगार्यो भन्दैमा प्रमुख भाषा नेपाली मान्नेहरु अङ्ग्रेजीका साक्षात ग्रामर गुरु भएर प्रकट हुन्छन्, के हो त्यो परम्परा म बुझ्दिन तर मलाई चाँहि गुहु जस्तो ब्याकरणमा राम्रो भाव लेख्नु ठिक लाग्छ । पक्कै पनि, अङ्ग्रेजी मा मेरो ज्ञान त्यति छैन, जति छ यति नै छ, र मलाई अङ्ग्रेजी नआउनुमा कुनै पनि हिनताबोध छैन ।

आजकलको फेसन छ, RIP ENGLISH भन्ने, जब एक नेपालीले अङ्ग्रेजी भाषामा गल्ति गर्छ, अर्को नेपाली ग्रामर गड भएर प्रकट हुन्छ अनि भन्छ "RIP ENGLISH" । भाव बुझ्ने हो, शब्द र ब्याकरण कोट्याएर "RIP ENGLISH" भन्नेलाई म भन्छु, " कृपया.......my article you like, i thanking you very much



0 comments:

Post a Comment

 
Back to top!