म सस्कृति बिरोधि होइन। मलाई पनि मेरो सस्कृतिको माया लाग्छ, अझ
भन्दा मलाई यस्तो सुसंस्कृत देशमा जन्म लिन पाएँ भनेर गौरब महसुस हुन्छ। तर दिनानुदिन हाम्रो सस्कृतिलाई खोइ कताको हवाले छोएको हो, त्यो चाँहि भन्न सकिन्न। अब हामी सस्कृतिले सजिएका छौ भन्न मलाई लाज लाग्दैछ । हामी त लाज मर्दो तरिकाले नाङ्गिएका छौ जस्तो लाग्छ । हामी कुनै पनि कुराको सहि पाटो केलाउनुको सट्टा गलत बाटो समाउँछौ । कर्णाली ब्लुज लेखेर चर्चित भएका बुद्दिसागरले शिवरात्रिको मौका छोपि फेसबुकमा एउटा स्टाटस लेखेका थिए। "ब्रो ! शिवजीले गाँजा मात्र खाँदैनन् । त्याग, समपर्ण र संर्घष गर्न पनि सिकाउँछन् ।"
शिबरात्री सकिए लगत्तै आउँछ अर्को बिशाल चाड "होली" । रङ्को उल्लासमय वातावरणमा मनाइने यो चाड पनि असत्य माथि सत्यको बिजय को खुसियालीमा मनाइन्छ। कुप्रबृति र कुरिति माथि सुसस्कृत बिण्णु भक्त प्रहलादको बिजय दर्शाइने चाड हो "होली" । तर, एउटा बिशाल प्रश्न चिन्ह खडा हुन्छ "तर", तर के साच्चै त्यो महिमा अब बाँकि रह्यो त? तर्कका धनि नेपालीहरुबाट यस्तो प्रश्नको किसिम किसिमको उत्तर आउँछ, तर मेरो उत्तर छ कि त्यो महिमाको केहि अर्थ छैन अब, किन भने ती सबै नाश भइसके । र नाश गरायौं त केवल हामीले।
केहि बर्ष अगाडि को कुरा हो
होली आउन त्यस्तै बाँकि थियो ६-७ दिन । म भर्खर कलेजबाट घर आएको थिएँ। आँगनमा बसेर परेवालाई चारो हाल्दै थिएँ । पर बाट अति मिल्ने एउटा गाउँले भाइ आत्तिदै आउँदै थियो । उसले भन्यो, दाई म काठमाडौ छोडेर भाग्नु पर्यो मलाई छिट्टो दुइ हजार जति दिनोस् न, मैले पनि ससङ्कित हुदै सोधे, "भाइ के भयो, किन आत्याछस्?" दाई बर्बाद भयो नि, छतबाट लुकेर पल्लो घरकि सिम्रनलाई लोला हानेको थिएँ, मुखमा लागेको थियो, सिम्रन त त्यहि ढलि, डर लागेर म त भाँगे । कस्तो डर लाग्दैछ दाई ।
भाइले बेलिबिस्तार लगाउन थाल्यो,
काठमाडौ छिरेपछि लोला हान्ने चलन थाहा भयो दाई। प्याट्ट लोला हान्दा कति रमाइलो हुने दाई, बानि बसेको थियो, यस्तो हुन्छ भन्ने त कसले सोचेको थियो र? आज दिउँसो क्याम्पसमा नि केटिहरुलाई रुझाइएको थियो, १०-१२ प्याकेट त बेलुन नै यहि छ दाई इ पकेटमा । के गर्ने दाई गल्ति गरिहालियो, रमाइलो लागेको सुरमा हानियो त हानियो, अब म बाग्लुङ फर्कन्छु दाई, केहि दिन पछि आउँछु, पैसा दिनु भन्दै मेरो दुइ हजार लिएर भाइ टाप कस्यो ।
मलाई सिम्रनको अबस्था बुझ्न अति नै मन लागेर आयो, म तरुन्त त्यहाँ गएँ, बाटोमा रगतको टाटा देखे। मान्छेको भिड देखे, अत्तालिदै अगाडि बढे, के भयो भनेर सोधेँ, छिमेकी काकाले भन्नु भयो, "सिम्रनलाई कसले हो लोला हानेछ, आखाँ मै लागेछ आँखा फुट्यो जस्तो छ, एम्बुलेन्समा अस्पताल लगेका छन्" । साह्रै नमज्जा लाग्यो। दिक्क लाग्यो, मैले जसलाई भाई भनेर माया गरेको थिएँ, उ त पटमुर्ख रहेछ, रमाइलोको नाममा कसैको ज्योति नै गुम्ने भयो, दिक्क लाग्यो । कोहि भन्दै थिए, सिम्रन अन्धि हुने भई, कोहि भन्दै थिए सिम्रन त कानी हुने भइ । कोहि त अब सिम्रन बाच्दै नबाच्ने भइ पनि भन्दै थिए । म पनि छिटो छिटो गाडि समातेर हस्पिटल तिर लागेँ, कोलाहल मच्चिएको थियो, रुवाबासि थियो। म बिबस थिएँ, यहि अबस्था निम्त्याउन थोरै भए पनि टेवा दिने भगवानलाई सम्झिन म बिबस थिए, होलीको परम्परा सुरुवात गराउनेको त केहि दोष थिएन तर म धिक्कार्दै थिएँ, सोच्दै थिएँ हृरण्यकश्यपुले बरु बिण्णु भगवान माथि बिजय प्राप्त गरेको भए यस्तो हुदैन थियो कि? म त्यहाँ बाट फर्किए ।
रातभर निन्द्रा लागेन, कहिले कसलाई धिक्कार्थे, कहिले कसलाई सपनामै गालि गर्दै फतफताउथे, कहिले त्यहि भाइ को आँखा फुटाएको कल्पना गर्थे। त्यो बाहेक के नै गर्न सक्थे र? म त लाचार थिएँ नि । बिहान नि भयो, खाना खाएर अस्पताला सिम्रनलाई भेट्न गएँ, ढुक्क भयो जब डाक्टरले भन्यो, ज्योति चाहि धन्न गुमेनछ । मैले पनि लामो सास फेरे ।
यहि समाजमा जब होलीको नाममा बिकृति फैलियो कोहि सामाजिक जन्तुले आवाज उठाउन चाहेनन् । जब संस्कार कुसस्कारको रुप लिदै थियो, हामी युवाहरु रमाइलोको नाममा बढावा दिदै गयौ । जब सरकारले नियम बनाइदिन्थ्यो यसो नगर उसो नगर भनेर, लुकि चोरि गर्न हामी जस्ता युवा नै खप्पिस भयौ, पटका पट्काउन मनाहि छ भन्दा रक्सौल पुगेर पटाका ल्याउने पनि हामी नै हौ, इछ्छा बिपरित होलीमा लोला प्रयोग नगरौ भन्दा इछ्छालाई गोली मार्दे भन्दै दुर्ब्यबहारको रङ्ग छ्याप्ने हामी युवा नै हौ । हो त्यहि फेसबुकमा लेखे झै गोर्खे नेपाली युवा । जब नास्तिक हुँ भन्नेले बोल्न चाहेनन्, आस्तिक हुँ भन्नेले बिरोध गर्न सकेनन् तब हाम्रो समाज हरेक कुरामा छिया छिया हुदै गयो । के लाग्छ तपाईहरुलाई यो अबस्थाको जिम्मेबार को हुन् त??? तपाई त सजिलै भन्नु होला, सरकार, आदि इत्यादि, तर होइन यो अबस्थाको जिम्मेबार त म, तपाई अनि हामी हौ, हाम्रो ट्वाल्ल परेर हेर्ने आँखा हो, हाम्रो गोबर भरिएको बुद्दि हो । र दोषि हामी हौ, केवल हामी ।
glutathione 500 mg lọ 60 viên
ReplyDeletethuoc trang da glutathione
ivory caps
ivory caps pills
ivory cap
vien uong ivory caps
ivory caps glutathione
viên uống trắng da ivory caps
thuốc ivory caps
ivory capsules
thuốc uống trắng da ivory caps
Supreme Fucoidan 95 http://muathuoctot.com/thuoc-ho-tro-dieu-tri-ung-thu-tot-nhat-hien-nay-1973-1.post còn có khả năng hỗ trợ điều trị các loại bệnh ung thư, ngăn chăn sự di căn của các tế bào ung thư. Đồng thời, với thuốc Fucoidan http://muathuoctot.com/tai-sao-khi-uong-fucoidan-bang-mieng-se-hieu-qua-nhat-1875-1.postbạn sẽ vô cùng ngạc nhiên khi tác dụng của thuốc còn giúp cho những hệ miễn dịch trong cơ thể không những không bị suy giảm mà nó còn được tăng cường đến mức khả quan nhất, thuốc chống ung thư Fucoidan http://muathuoctot.com/thuoc-supreme-fucoidan-co-tot-khong-gia-bao-nhieu-1311143-1.post giảm thiểu sự tham gia của những quá trình hóa trị, xạ trị. Ngoài ra, thuốc fucoidan trị ung thư Supreme http://muathuoctot.com/ngan-ngua-va-dieu-tri-ung-thu-cung-doctors-best-fucoidan-1204.html còn giúp phục hồi các chứ năng đã và đang có chiều hướng suy giảm do bệnh ung thư mang đến cũng như giảm thiểu hiện trạng các choleaterol hình thành trong máu.
ReplyDeleteFucoidan http://muathuoctot.com/thuoc-supreme-fucoidan-95-co-cong-dung-gi-ban-o-dau-1311156-1.post là một chiết xuất siêu nhờn từ tảo nâu Mozuku, Fucoidan có màu nâu đậm, trong Fucoidan có chứa nhiều chất dinh dưỡng quý giá, nhiều nguyên tố vi lượng và những khoáng chất, và giàu polysaccharide.