Searching...
Monday, 10 February 2014

मलाई धोति भनेर गालि पनि गरियो

मलाई धोति भनेर गालि पनि गरियो
म नेपाली हुँ, देशको नाम राख्न चाहने एक नेपाली, म मधेस मा हुर्किएको हुँ, झट्ट हेर्दा बिहारी जस्तो देखिन्थे, बाहुन नै भएपनि कालो थिएँ, तराईको हावा पानीले मधेशी नै भएको थिए। हुन त म मधेशी भएको मा गर्व गर्छु तर बिडम्बना मधेशीलाई त जनावर भन्दा पनि तल्लो ठानिने रहेछ यो काठमाडौमा र यो फेसबुके दुनियाँमा।
म गिनिज रेकर्ड राख्न लालायित थिए, केहि गरौ भनेर तम्सिदै थिए, म देशको नाम सन्सारमाझ चिनाउन चाहन्थे, थानेश्वर गुरागाई from Nepal भन्दा आमाको नाम सुनिएझै लाग्थ्यो । म काठमाडौ छिरे , मलाई खलासिले धरि धोति भनेर बोलायो, म अचम्मित भएँ, दुख लाग्यो, पहिलो कुरा त मैले धोति बेरेको थिइन दोस्रो कुरा, सोचे एउटा बाहुन जो कालो छ, उसलाई धोति भनिन्छ भने तराईको मधेसीलाई के के भनिदो हो। दिक्क लाग्थ्यो जहाँ जान्थे सबै मसगँ हिन्दि मा कुरा गर्न खोज्थे, "भाइ आप कहाँ के रेहेने वाले हो??? रे"
यस्तै कैयौ ग्रुपहरुमा छु जहाँ "धोति" शब्द गालि को प्रयायबाचि बनेको छ, ब्राम्हण सस्कारमा हुर्किएको म, मेरा लागि धोति पवित्र छ, तराई बासिले आफ्नो पहिचान बनाएका को लागि धोति पवित्र छ । पहाड देखि तराईसम्म धोति को अति नै महत्व छ। म जन्मदा मेरि आमाले मलाई धोति मा नै बेरेकि थिइन होला, मर्ने बेलामा ओडाइने कात्रो नि धोति नै जस्तो हुन्छ, तर पनि यो शब्द गालि बनेको छ, कति दुख लाग्छ।
अहिले त काठमाडौ बस्दा बस्दा म पनि पहाडिया देखिन थालेको छु तर सबै काठमाडौ बस्दैनन्, सोच्नुहोस त कति ले दुनहु "धोति" को बिल्ला ओडाइ गालि सहनु परेको होला??? सोच्नुहोस् त हाम्रो सस्कारलाई हामी आफैले धोति भन्दा कति पाप लागेको होला??? सोच्नुहोस त भारतिय भनेर नेपालीलाई नै गालि गरिरहदाँ कति चित्त दुख्दो होला ती नेपालीहरुको। एक चोटि सोचौ, हामी इन्टरनेट दुनियाँको साथिहरु अब देखि धोति शब्द प्रयोग नगरौ। काम गरि खाने चटपटे दाई देखि पुराना कागज उठाउने दाई सम्म सबैलाई सम्मान गरौ। भारत सगँ हाम्रो रिस छ, भारत कै नाम ले गालि गरौ अलि सभ्य बनेर गालि गरौ। थानेश्वर गुरागाई, मेरो परम मित्र

0 comments:

Post a Comment

 
Back to top!