Searching...
Monday, 10 February 2014

यूवातन्त्र

यूवातन्त्र

ल ठिक छ २००७ तिरका योद्धाहरुले ल्याएका थिए प्रजातन्त्र, सम्मान गर्छु तिनिहरुलाइ, तर त्यसपछि का दिन के देशले साच्चै प्रजातन्त्र पायो त? अहिले त अझ छ गणतन्त्र, कहि भनिन्थ्यो राजतन्त्र, घण्टा जस्तो तन्त्रै तन्त्र हुने सिर्फ "भुत्रातन्त्र"।

ल मैले माने देशले केहि हद सम्म उभोँ लाग्यो प्रजातन्त्र आएपछि, केहि प्रगति अबश्य गर्यो, नगरेको होइन तर, आजकल राजनैतिक चेतनाको बिल्ला ओढाइ केवल गरिन्छ "घुसतन्त्र", "लुटतन्त्र" र सबैलाई मिलाएर भनिन्छ "भूत्रातन्त्र"।

प्रगति गरियो, गरिदैँ छ, तर गति यस्तो किन भयो त? सबै भयो अनाबश्यक राजनैतिक चेतना ले गरेर। किन सबै युवा दोहा, अरब जान बाध्य भए त??? किन बाकिँ युवा ले foreign degree खोजे त??? सबै बिग्रयो नचाइदो राजनैतिक चेतना ले गरेर।

राजनिति गर्ने देशको मान्छे कि त फाइदाको लागि राजनिति गर्छ कि त देशको लागि गर्छ, देशको लागि गर्ने ले सहि trend समाउन सक्दैन र पछारिन्छ, २०-३० जना अपबाद होलान्।

अब न त  प्रजातन्त्र दिवस मानउछु, न त म गणतन्त्र दिवस मानउछु, न त म राजतन्त्र को वकालत गर्छु, म केवल भन्छु, देशले एउटा तन्त्र खोज्दै छ, "यूवातन्त्र", हामी कुनै राजनैतिक आश्था नभएका ब्यक्ति मिलेर नया "तन्त्र" को बिकास गर्छौ, "यूवातन्त्र", ठुलो जमात बनाउछौ र सान सित मनाउछौ यूवातन्त्र दिवस। पार्टिले देखाएको बाटो मात्र हिड्ने, आफ्नो चेतनाले केहि काम नगर्ने ती यूवा हरुको आखाँ खुलोस्, राजा राजा भनेर कराउने हरुका नि आखाँ खोलियोस। अब आफू लाग्ने हो आफ्नो सोच लागाउने हो, आफैले गर्ने हो, ढिलो नहोस्...........


0 comments:

Post a Comment

 
Back to top!