Searching...
Monday, 10 February 2014

ढिलो होला है, भन्द्या छु


देशमा दण्डहिनताले चरम सिमा छोएको छ, कानुन मिच्ने र कानुनको खिल्लि उडाउनेको रजाँइ छ, न बत्ति छ, न पानी छ, न जागिर छ, केहि छैन, जहाँ गयो, राजनितिक पार्टिको हस्तछेप छ, मनलागि छ, पेट्रोलमा पानी छ, पानीमा ढल छ, ढल फुटेको छ, न लोकल बसमा हिड्दा एकरुप भाडा छ, दिनका दिन खलासि सित झगडा छ, खलासिकै बिजोग छ, सिस्टम छैन, केहि छैन। 


नक्कल गर्ने यूवा जमानको भेला छ, बिदेश पलायन हुनेको जमात भेला छ ।

छि छि भन्दै नाक छोप्नेको जमात छ, फुत्त फुत्त प्लास्टिक जहाँ तहि फाल्ने यूवा को भेला छ, irresponsible यूवाको भिड छ, सहि कुरा गर्ने लाई गालि छ। 

प्रकृतिले दिएको उपहारको गुणगान छ, आफुले बनाएको गरेको त घण्टा नि छैन ।

जहाँ तहि सोर्स फोर्स छ, युवा जमातमा धुस ख्वाएर Licence बनाउने को भिड छ।

यो सरकार, यो सिस्टम हाम्रो उपज हो, हामी सुध्रने हो भने देश सुध्रिन्छ, आफूलाइ एक चोटि ऐेना मा हेरौँ, आफू राम्रो बनौ, अनि अर्का को कुरा काट्ने समय मिल्छ या मिल्दैन थाहा हुन्छ, change change भनेर कराउनु भन्दा आफू change हुने हो, क्रान्तिका नारा घन्काउने भन्दा क्रा्न्ति गर्ने हो। let us all grow up now, its too late, हाम्रो सन्तति ले दुख पाउँछन यस्तै हो भने। 

0 comments:

Post a Comment

 
Back to top!